तनहुँ १ मा  स्वर्णिमको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०, १८ : १४

काठमाडौँ - तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका हुन् । प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले १९ हजार २४९ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ६ हजार १५२ मत प्राप्त गरेका छन् ।
 

सोमबार, ११ बैशाख २०८०, १८ : १४

प्रतिक्रिया