चितवन २ मा रवि लामिछानेको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०, १८ : १८

काठमाडौँ - चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६०२ मतका साथ अग्रता बनाउँदा ४ जना उम्मेदवारले अहिलेसम्म १ मत पनि पाउन सकेका छैनन् ।

स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापा, नारा प्रसाद पौडेल, मोजराज बगाले र रामकृष्ण ओझाले १ मत पनि पाउन नसकेका हुन् । 

 जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठ १४४९ मतका साथ तेस्रो स्थनमा छन् ।

सोमबार, ११ बैशाख २०८०, १८ : १८

प्रतिक्रिया