बारा २ मा यादवको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०, १८ : ४७

काठमाडौँ - बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेका छन् । उम्मेदवार यादवले ५८३२ मतपत्र गणना सकिँदा २०८३ मत पाएका छन् । 

 यस्तै एमालेका पुरुषोत्तम पौडेलले  ७३३ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् । 

 तर, बारा २ मा घण्टी चिह्न भएको रास्वपाको भने कमजोर उपस्थिति देखिएको छ । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा घन्टीले अग्रता बनाइरहेका बेला बारा २ मा उम्मेदवार रमेश खरेलले जम्मा २८० मत पाएका छन् ।

 

सोमबार, ११ बैशाख २०८०, १८ : ४७

प्रतिक्रिया