सुमेरु सहकारीका सञ्चालक विदेश भाग्ने दाउमा, सर्वसाधारणको ८ अर्ब डुब्दै

मंगलबार, १२ बैशाख २०८०, १४ : ५२

काठमाडौँ - ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभका अध्यक्ष तथा सञ्चालक विदेशतिर लम्कने तयारीमा रहेको बुझिएको छ । उच्च स्रोतका अनुसार उनीहरु सहकारीका सबै पैसा  आफ्ना नातेदार तथा निकटवर्तीहरुलाई सुम्पेर विदेश लम्कन लागेका हुन् । हाल सो सहकारीले  सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न सकेको छैन । सहकारीबाट उठेको सुमेरू ग्रुपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पुर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको हो । पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डंगोल, सुनिल डंगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजन, अनुज पौडेल लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न सकेका छैनन् । सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । बाँकी रकम सहकारीका अन्य सञ्चालक र कतिपय कर्मचारीले विभिन्न विधि मार्फत लुकाउन खोजिएको बुझिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अबौँ लोनमा रहेको बुझिएको छ । हेमराज दाहाल नेतृत्वको सञ्चालक समितिले हस्पिटल, जग्गा जमिन, कलेज आदी देखाएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा समितिका सदस्यहरु अघाडी नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सिइओ बिरु मर्हजनले बोल्न नदिने गरेका स्रोतले बताएको छ ।  बिरु महर्जन पूर्वअध्यक्ष भरत मर्हजनका भतिज हुन् । उनले ललितपुरका विभिन्न एरियामा ५० रोपनी जग्गा भरत मर्हजनको श्रीमतीको नाममा वारिस लिई अबौँमा विक्रि गरी पैसा लन्डन पठाएको समेत बजारमा हल्ला छ । त्यसैगरी सञ्चालकहरु हेमराज दाहाल, विनोद आचार्य, दिलिप डंगोल, सुनिल डंगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजन, म्यानेजर कट्टेल, सरोज मानन्धर, अनुज पौडेल लगायतले अबौँ रकम दुरुपयोग गरेको स्रोतले बताएको छ । 

सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ, कुन निकायमा जाने अन्यौलमा छन् । बलियो स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा समेत लगाइएको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्ट्रेलियामा छन् । सुमेरु ग्रुपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले नै बताउन थालेका छन्  ।आजको अर्थ कार्यालयमा समेत पीडितहरुले आफूले उक्त संस्थाबाट धोका पाएको जनाएका छन् ।  संस्थामा आफूले बचत गरेको रकम समेत र्फिता नपाएको उनीहरुको गुनासो रहेको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्न सक्ने स्रोतले बताएको छ  । अझ रोचक त संचालक समितिका अध्यक्ष दाहाल र सदस्य विनोद आचार्यकै सहयोगमा सहकारीको धापाखेल शाखा, कालीमाटी शाखा, भक्तपुर शाखा र पुल्चोक कार्यालयबाट अबौँ कमलाई फेक कर्जाको बनाइएको स्रोतले बताएको छ । त्यसैगरी अहिले भएका सञ्चालकहरुले अबौँ रकम आफन्त मार्फत होटल, जग्गा जमिन र घरगाडीमा लगानी गरेको बुझिएको छ । निमुखा सर्वसाधारण बचतकर्ता भने आफ्नै पैसा नपाएर हैरान छन् । सरकारले बेलैमा सहकारीलाई नियन्त्रणमा लिएर छानमिन नगर्ने हो भने निक्षेपकर्ताको विजोग हुने अवस्था छ । 

  संचालक हेमराज भण्डारीसँग यसबारे जानकारी लिन खोज्दा पटक पटक फोन काट्नु भएको थियो । 

   

मंगलबार, १२ बैशाख २०८०, १४ : ५२

प्रतिक्रिया