आज सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बुधबार, १३ बैशाख २०८०, ०८ : ०७

काठमाडौं - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बुधबार वैशाख १३ गते अन्तिम दिन हो ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले वैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेललज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजेबाट सुरु हुनेछ । 

यस्तै, कम्पनीको सेयर स्वामित्व परिमार्जन गरी संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । 

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । 

 

बुधबार, १३ बैशाख २०८०, ०८ : ०७

प्रतिक्रिया