काठमाडौँ- अजोड इन्स्योरेन्स कम्पनीका सञ्चालक प्रतिनिधीको रुपमा रहेका सागर गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा कम्पनीको सञ्चालक प्रतिनिधी जस्तो गरिमामय पदमा रही समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् ।
उनले दिएको राजिनामा कम्पनीको आज बैशाख १२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
प्रतिक्रिया