केन्द्रीय बैंकले मुद्दति निक्षेपमा २ अर्ब भन्दा बढि लगानी गर्दै

विहीबार, १४ बैशाख २०८०, ०८ : ५३

काठमाडौं - केन्द्रीय बैंकले मुद्दति निक्षेपमा २ अर्ब १४ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८० जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले वैशाख १७ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३० करोड २ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।  

 

 

विहीबार, १४ बैशाख २०८०, ०८ : ५३

प्रतिक्रिया