कामना सेवा बैंकको कार्यकारी अधिकृतमा थकाली नियुक्त

विहीबार, १४ बैशाख २०८०, १० : ४८

काठमाडौँ- कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। 


थकाली  प्रभु बैंकको नायव महाप्रबन्धक रहिआएका थिए । उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ। 

सांग्रिला डेभलपमेन्ट बैंकमा पनि थकालीले कामु सीईओको जिम्मेवारी निभाएका थिए। सांग्रिला बैंकबाट उनी प्रभु बैंक आएका थिए। 

 

विहीबार, १४ बैशाख २०८०, १० : ४८

प्रतिक्रिया