काठमाडौँ - साना किसान लघुवित्त वित्तीय संस्थाले कार्यान्वयन गरेको ग्रामीण उद्यम कर्जा (आरएफफि)ले बेस्ट म्यानेजमेन्ट टिम अवार्ड प्राप्त गरेको छ ।
बैशाख ८ गते शुक्रबार अर्थ मन्त्रालय र एशियाली विकास बैङ्क (एडिबि) द्वारा संयुक्त रूपमा आयोजित एक कार्यक्रममा कन्ट्री पोर्टफोलियो रिभ्यू मिटिङ(-सिपिआरएम)बाट साना किसान विकास लघुवित्त वित्तीय संस्था सम्मानित भएको हो ।
साना किसान विकास लघुवित्तमार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एशियाली विकास बैङ्कबिच डिसेम्बर १०, २०१९ मा भएको ग्रामीण उद्यम लगानी परियोजना सम्झौता भएको थियो । सो अनुरुप नेपाल सरकार, अर्थ मन्त्रालय र वित्तीय संस्थाबिच २०७७ बैशाख ७ गते सम्पन्न सहायक ऋण सम्झौता बमोजिम पाँच करोड अमेरिकी डलर राशिको यो ऋण परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको दिशामा प्रभावकारी परिणाम दिएको संस्थाले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिई सञ्चालित यस परियोजनाबाट हालसम्म ९३० व्यक्तिगत परियोजना तथा ३० वटा सामूहिक परियोजनाबाट मात्र पनि २ अर्ब ३० करोड रुपैयाँ रकम लगानी भएको संस्थाले जानकारी दिएको छ ।
साना किसानको स्वामित्व र साना किसानबाटै सञ्चालन तथा व्यवस्थापन भई अति न्यून शिरोभार खर्चमा ग्रामीण गरिबको जिवनस्तर सुधारमा सहयोग गर्ने साना किसान सहकारी संस्था जस्तो ग्रामीण लघुवित्त संस्थाको नमूना ९मोडल० र यसको भूमिकालाई कदर गर्दै विश्व बैङ्क अन्तर्गतको कन्सल्टटेटिभ ग्रुप टु एशिस्ट द पोर (सिजिएपि) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट, आइएफएडि)बाट सो बैङ्क सन् २००३ मा पुरस्कृत भएको थियो ।
उक्त ५० हजार अमेरिकी डलर राशिको पुरस्कार रकमलाई अक्षय कोषमा राखी सो को परिचालनबाट अनुसरण कार्यक्रम सञ्चालन गराई थप विपन्न वर्गलाई लघुवित्त सेवाको पहुँचमा ल्याउने कार्य यस वित्तीय संस्थाबाट हुँदै आएको छ । सन् २०१४ को सेकेन्ड न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड २०१४ को बेस्ट म्यानेज्ड अवार्डस् २०१४ को बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अफ द इयरबाट सम्मानित भएको थियो ।
नेपाल सरकार अर्थ मन्त्रालय र एसियाली विकास बैङ्गले सन् २०२० मा कोमिङको सङ्कटकालीन अवस्थामा पनि ग्रामीण उद्यम लगानी परियोजना (आरइएफपि) प्रभावकारी रूपमा कार्यान्वयन गरेवापत सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरेको छ ।
साना किसान विकास अभियानका तर्फबाट यस वित्तीय संस्थाले आयोजना गरेको साना किसान सम्मेलन २०७५ को घोषणा पत्रलाई आफ्नो मार्गदर्शन मानी आगामी दिनमा यस वित्तीय संस्थाले अझै विशिष्टिकृतरुपमा आफुलाई स्थापित गर्ने प्रयासलाई जारी राख्दै ‘साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने मूलमन्त्रको आत्मसातमार्फत कृषिको यान्त्रीकरण व्यावसायिकरण, मूल्य श्रृङ्खला अभिवृद्धि, कृषिमा युवाहरूलाई आकर्षण कृषि जनशक्तिका दक्षता अभिवृद्धि, कृषिका लागि आवश्यक प्रविधि, वित्त र अनुदान सेवाको एकद्वारको रुपमा कार्य गर्न प्रतिबद्ध रहने प्रण गर्दछ ।
प्रत्येक नेपालीको भान्सामा साना किसानको उत्पादनहरू पुयाउने यस वित्तीय संस्थाको आगामी लक्ष्य रहेको छ ।
नेपालमा कृषि कर्जा सेवा उपलब्ध गराउने विशिष्टिकृत वित्तीय संस्थाको खाचोको विकल्पमा यस वित्तीय संस्थालाई उभ्याउन एकै प्रकृतिका वित्तीय संस्थासँग मर्जरमा जाने कामलाई अघि बढाउने क्रममा यस वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने सहमति भइसकेको छ ।
गत फागुन १८ गते दुवै वित्तीय संस्थाको सञ्चालक समितिको रोहबरमा स्वाप रेसियो १००ः८७ को अनुपात कायम गर्ने गरी अन्तिम सम्झौता भएको हो ।
सबै परिस्थिति सामान्य रहेमा यसै आर्थिक वर्ष भित्र संयुक्त कारोबार सुरु गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
वित्तीय संस्थाले गरेका कामलाई गहन रूपमा अध्ययन गर्ने हो भने साना किसान एक लघुवित्त कार्यकममात्र नभई सरकारको सेवा प्रसारण साझेदार, गरिबी न्यूनीकरणको मौलिक नमूना विपन्न दलित महिला र पछाडी पारिएका वर्गको शसक्तिकरण र ग्रामीण कृषि अर्थतन्त्र रूपान्तरणको अभियान नै भएको संस्थाको दावी छ ।
विपन्न र गरिबको आर्थिक तथा सामाजिक उन्नति, कृषिको रूपान्तरण र उद्यमशीलताको विकासका सन्दर्भमा यस वित्तीय संस्थाले गर्नुपर्ने र गर्न सक्ने कार्यहरूको बारेमा सुझाव दिनसमेत संस्थाको अनुरोध छ ।
प्रतिक्रिया