एनएमबि लघुवित्तको साधारण सभा आज बस्दै

शुक्रबार, १५ बैशाख २०८०, ११ : १४

काठमाडौँ- एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ।

 साधारण सभा सिटी स्क्वायर प्रा।लि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन हुनेछ । यसैगरी, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा छ ।  

शुक्रबार, १५ बैशाख २०८०, ११ : १४

प्रतिक्रिया