सानिमा  दिर्घायु बचत योजना अन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण

शुक्रबार, १५ बैशाख २०८०, १२ : ०५


काठमाडौँ- सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

 यस बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीज्यूलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । 

सानिमा बैंकका मधेश प्रदेश प्रमुख श्री दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो ।

स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोल्नुभएको थियो । 

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


 


 


 

शुक्रबार, १५ बैशाख २०८०, १२ : ०५

प्रतिक्रिया