हिमालयन लाइफको नयाँ लोगो सार्वजनिक

आइतबार, १७ बैशाख २०८०, १७ : ११

काठमाडौँ - गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बन्न लागेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनीको नयाँ लोगो सार्वजनिक गरिएको छ ।

यी तीनवटै कम्पनीबीच १ः१ः१ रेसियोमा मर्जरमा जाने सहमति भएको हो । समान हैसियतमा मर्ज हुन लागेका यी तीन जीवन बीमा कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स’ नामबाट जीवन बीमा व्यवसाय सुरु गर्नेछन् ।

सार्वजनिक भएको लोगोमा तीनवटा आइकन देखाइएको छ । जसमा तीन तीन आइकन एकआपसमा आबद्ध देखिएको छ । अर्थात् प्राइम, गुराँस र युनियन तीन कम्पनी मर्ज भएर सिँगो मजबुत कम्पनी बन्न लागेको लोगोले देखाएको छ । ‘सुरक्षा अटल, भविष्य सबल’ भन्ने नारा लोगोमा समावेश गरिएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार्डको कार्यालयले यी तीन कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी तीन जीवन बीमा कम्पनीले यहि वैशाख महिनाको अन्तिम सातामा एकीकृत कारोबार सुरु गर्ने जनाएको छ । मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा युनियन लाइफको तर्फबाट आशिष गौचन बन्नेछन्, भने अध्यक्ष पनि युनियनकै एलपी भानु शर्मा हुनेछन् ।

 

आइतबार, १७ बैशाख २०८०, १७ : ११

प्रतिक्रिया