सानिमा लाइफको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

आइतबार, १७ बैशाख २०८०, १८ : २४

काठमाडौँ - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुमाझ क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गण्डकी प्रदेशका अभिकर्ताहरु समक्ष उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिव नाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १०० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिकर्ताहरुलाई बीमा सम्बन्धी जनचेतनामूलक ज्ञान तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी छलफल भएको थियो ।

 

आइतबार, १७ बैशाख २०८०, १८ : २४

प्रतिक्रिया