काठमाडौँ - राष्ट्र बैंकले जवाफ नदिएको कारण देखाउँदै राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडले प्रस्ताव गरेको लाभांश रद्ध गरेको छ ।
योसँगै आर्थिक वर्ष २०७८/७९ का लागि यो लघुवित्तले सेयरधनीलाई कुनै लाभांश बाँड्ने छैन । यही व्यहोराको प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभाको समेत तयारी थालेको छ ।
यो लघुवित्तको बैशाख १३ गते बसेको ८६ औं सञ्चालक समितिको बैठकले २०७८/७९ को वित्तीय विवरण पारित गर्दै १५ प्रतिशत लाभांश९बोनस सेयर १४.२५ प्रतिशत र नगद लाभांश ०.७५ प्रतिशत वितरणको प्रस्ताव गरेको थियो ।
वित्तीय विवरणको नाफानोक्सान बाँडफाँड हिसाबमा उल्लेख गरी नेपाल राष्ट्रबैंकमा स्वीकृतिका लागि पेश भएकोमा बैशाख २० गते वार्षिक विवरणहरु साधारणसभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृति प्राप्त भएको, तर लाभांशको विषयमा त्यसमा उल्लेख नभएको कम्पनीले जनाएको छ ।
लघुवित्तको व्यवस्थापनले बैशाख २० गते नै लाभांशको विषयमा राष्ट्रबैंकको जवाफ माग गर्दै पत्र पठाएको थियो । तर, सो विषयमा राष्ट्रबैंकले लामो समयसम्म कुनै जानकारी नदिएपछि त्यसैलाई आधार मानी कम्पनीले प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया