लघुवित्त संस्थाका ऋणीहरुलाई सहज बनाउदै राष्ट्र बैंक

शुक्रबार, २९ बैशाख २०८०, १४ : २७

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका ऋणीहरुलाई सहज बनाइदिएको छ ।

 राष्ट्र बैंकले आज मौद्रिक नीतिको समिक्षा गर्दै वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै सहजता गराइदिएको हो ।

लघुवित्त संस्थाका सदस्य तथा ऋणीहरुको कर्जा चुक्तामा परेको कठिनाइलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले सम्बन्धीत संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुरसंरचना।पु्नरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाएको छ ।

साथै केन्द्रीय बैंकले वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै अल्पकालिन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई व्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना।शुल्क नलिने गरी ३ महिनासम्मका लागि आगामी असार महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

शुक्रबार, २९ बैशाख २०८०, १४ : २७

प्रतिक्रिया