‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

शुक्रबार, २९ बैशाख २०८०, १५ : ०२

काठमाडौँ - एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा.ली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा  यहि मे ८, २०२३ सोमबार बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको  छ । 

उक्त कार्यक्रममा प्रायोजकको रुपमा रहेकोडाएनामिक टेक्नोसफ्ट प्रा. ली.ले आफ्नो ब्यानर प्रदर्शनी  गरेको थियो । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा.ली र पायोनियर ल  एसोसिएट्सलेबिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई  आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको  लागी यस्तो कार्यशाला आयोजना गरेको हो। 

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस  क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल  कार्यान्वयनको लागि CA सुभास खण्डेलवाल ,CA प्रदिप कुश्वाहाले सक्रिय भुमिका निर्वाह गर्नुभएको  थियो । 

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज  समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।
 

शुक्रबार, २९ बैशाख २०८०, १५ : ०२

प्रतिक्रिया