युनिभर्सल पावरले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

आइतबार, ३१ बैशाख २०८०, ०७ : ३४

काठमाडौं - युनिभर्सल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ४०९.५०% ले धेरै हो । 

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १० करोड ४९ लाख रुपैयाँबाट बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।  कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो । 

युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा २६ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा  (पैसा) रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४१ पैसा छ  ।

आइतबार, ३१ बैशाख २०८०, ०७ : ३४

प्रतिक्रिया