कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा आज

आइतबार, ३१ बैशाख २०८०, ०७ : ४२

काठमाडौं - कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा आज (वैशाख ३१ गते) बस्दैछ । सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध काठमाडौंमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । 

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.४१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२३% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले वैशाख १५ गते बुक क्लोज गरीसकेको छ । यसर्थ, वैशाख १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

आइतबार, ३१ बैशाख २०८०, ०७ : ४२

प्रतिक्रिया