नेष्डो समृद्ध लघुवित्तको नाफामा गिरावट

आइतबार, ३१ बैशाख २०८०, १३ : २२

काठमाडौँ - नेष्डो समृद्ध लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको लघुवित्तको खुद नाफा गत आवको तुलनामा सामान्य घट्न पुगेको छ ।

चालु आवको नौ महिनासम्ममा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १०.८३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले १६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाको संचालन मुनाफा र खुद ब्याज आम्दानी दुबै घटेकाले नाफा प्रभावित बन्न पुगेको हो । खुद ब्याज आम्दानी ३.१९ प्रतिशतले घटेर २७ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा १०.८५ प्रतिशतले घटेर २३ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल)समेत ५.७२ प्रतिशतबाट बढेर ८.५५ प्रतिशत पुगेको छ । यसकारण पनि संस्थाको नाफा प्रभावित बन्न पुगेको हो ।

२५ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा कोषको आकार १७.१५ प्रतिशतले बढेर कोषमा ६८ करोड ४९ लाख ६२ हजार रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, संस्थाले सो अवधिसम्म २ अर्ब ५८ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको प्रतिशेयर आम्दानी ७६ रुपैयाँ ८० रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३६८ रुपैयाँ ६१ पैसा रहेको छ ।

आइतबार, ३१ बैशाख २०८०, १३ : २२

प्रतिक्रिया