सूर्य ज्योति लाइफ इन्सुरेन्सको साधारण सभा  यहि जेठ ४ गते गर्ने

सोमबार, ०१ जेठ २०८०, ०८ : ३१

काठमाडौँ – सूर्य ज्योति लाइफ इन्सुरेन्सले आफ्नो साधारण सभा  यहि बिहीबार जेठ ४ गते डाकेको छ ।  

कम्जनीको  साधारण  सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको भने हात रित्तो बनाउने भएको छ । किन भने लाभांश वितरण सम्बन्धी कुनै पनि एजेन्डा छैन ।  

सभामा संस्थापकबाट ३ र सर्वसाधरणबाट ३ जना सञ्चालक चयन गर्ने प्रस्ताव छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०८६–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

आर्थिक वर्ष २०७९–७० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ बुक क्लोज गरेको छ । वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सोमबार, ०१ जेठ २०८०, ०८ : ३१

प्रतिक्रिया