प्रभु क्यापिटल सिभिल क्यापिटलबिच आजदेखि एकीकृत कारोबार

सोमबार, ०१ जेठ २०८०, ०८ : ४४

काठमाडौं - प्रभु क्यापिटलले सिभिल क्यापिटल मार्केट्सलाई एक्वायर गरेको छ । एक्विजिसनपछि आज सोमबार (जेठ १ गते) देखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । प्रभु र सेन्चुरी क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेन्चुरी क्यापिटललाई प्राप्ती गरी सम्पूर्ण सम्पति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सिभिल क्यापिटल तत्कालीन सिभिल बैंकको सहायक कम्पनी हो । प्रभु बैंकले सिभिल बैंकलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेका कारण सहायक कम्पनीहरु पनि एक भएका हुन् ।

सोमबार, ०१ जेठ २०८०, ०८ : ४४

प्रतिक्रिया