बीमा दाबी भक्त्तानी लिन अनुरोध

मंगलबार, ०२ जेठ २०८०, १२ : ४५

काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी  (नेपाल)लिमिटेडले बीमितलाई दावी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ ।

कम्पनीमा बीमा गरी बीमालेख परिपक्क भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्क दावी एवम जीवित लाभ दावी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुलाई दावी भुक्तानी लिन कम्पनीले आज एक सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

कम्पनीले हाल सबै किसिमको भुक्तानी विद्युतिय माध्यमबाट हुने गरेको जानकारी गराएको छ ।

मंगलबार, ०२ जेठ २०८०, १२ : ४५

प्रतिक्रिया