कुमारी बैंकका ग्राहकलाई विशेष छुट योजना

मंगलबार, ०२ जेठ २०८०, १४ : १८

काठमाडौँ - कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ ।

बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र डेबिट तथा क्रेडिट कार्डवाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छुट पाउने भएका हुन् ।

ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । 

मंगलबार, ०२ जेठ २०८०, १४ : १८

प्रतिक्रिया