काठमाडौँ - कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नुहुनेछ ।
बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया