नेपाल बैंक लिमिटेडको नयाँ शाखा सुर्खेतमा

मंगलबार, ०२ जेठ २०८०, १८ : २८

काठमाडौँ - नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर न.पा. वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । मिति २०८० जेष्ठ ०२ गते मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय  राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाका शाखा प्रवन्धक  बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह , कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल  विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  माननीय  भिमप्रकाश शर्मा  ,कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय  मंगल शाही कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री माननीय उर्मिला विश्वकर्मा जिल्ला प्रशासन कार्यालय सुर्खतका प्रमुख जिल्ला अधिकारी श्रीमान नारायण प्रसाद सापकोटा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत  समता पन्तले समेत उक्त कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो । 

नेपाल राष्ट्र  बैंक सुर्खेतका कार्यालय प्रमुख, नेपाल विमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख, मध्यपश्चिम पृतनालय वीरेन्द्रनगर सुर्खेतका पृतनापति, सशस्त्र प्रहरी वल महेश्वरी वाहीनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायव महानिरीक्षक, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरिक्षक, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष, नेपाल चम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष, पत्रकार महासंघ सूर्खेतका अध्यक्ष, विरेन्द्रनगर नगरपालिका वडा नं. ४  वडा  अध्यक्ष, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा  अध्यक्ष, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रादेशिक कार्यालयका प्रमुखहरुले आतिथ्यता ग्रहण गर्नुभएको थियो । साथै विभिन्न सरकारी तथा गैर सरकारी सँघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, समाज सेवी, जनप्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको समेत उक्त कार्यक्रममा उल्यख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय  राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिनुभयो र यस शाखाले नाफा मुखी मात्र नभएर सहज ,शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गर्नुभयो । साथै विशिष्ठ अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह  ले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गर्दै सुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अथिति, विशिष्ठ अतिथि, विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा पहिलो निक्षेपकर्ता मोतीसीहं भण्डारी र पहिलो buisness partner न्यू बराल किराना पसल (प्रो. खगीसरा रानामगर) लाई सम्मान गरिनुका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथिलाई नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले मायाको चिनो प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारीले स्वागत मन्तब्य दिनुभएको थियो भने कर्णाली समयका पत्रकार  राकेश पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । 
                          

मंगलबार, ०२ जेठ २०८०, १८ : २८

प्रतिक्रिया