प्राइम कमर्सियल बैंकको ३ लाख भन्दा बढि सेयर लिलामी बिक्री खुला

बुधबार, ०३ जेठ २०८०, ०८ : २२

काठमाडौं - प्राइम कमर्सियल बैंकले आज (जेठ ३ गते) देखि ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

संस्थापक सेयरको प्रतिकित्ता भाउ १३० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । आवेदकले सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

बुधबार, ०३ जेठ २०८०, ०८ : २२

प्रतिक्रिया