राष्ट्र बैंकको आग्रह : सजग भएर विद्युतीय कारोबार गर्नुस्

बुधबार, ०३ जेठ २०८०, ०८ : २४

काठमाडौं - केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीलाई वान टाइम पासवर्ड (ओटीपी) कसैलाई नदिन सुझाव दिएको छ । राष्ट्र बैंकले विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेको बताउँदै सजग भएर विद्युतीय भुक्तानी कारोबार गर्न आग्रह गरेको हो । 

‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन्’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले तपाईंले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन ।’

बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र प्रयोग गर्न मिल्नेगरी ग्राहकले दर्ता गराएको मोवाइ वा इमेलमा ओटीपी आउने भएकाले कसैलाई पनि नदिन केन्द्रीय बैंकले भनेको छ । 

को हो ओटीपी ?

विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही हो वा होइन भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो । 

 

बुधबार, ०३ जेठ २०८०, ०८ : २४

प्रतिक्रिया