व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान  गर्दै सन नेपाल

बुधबार, ०३ जेठ २०८०, १५ : २८

काठमाडौं-  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

दुई वर्षअघि देखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको हकमा जेठ ३ गतेदेखि जेठ ३२ गतेसम्म पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

साथै बीमालेख अवधिभित्र एक पटक मात्रै ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

बुधबार, ०३ जेठ २०८०, १५ : २८

प्रतिक्रिया