गुराँस लघुवित्तको सीईओमा उपाध्याय नियुक्त

विहीबार, ०४ जेठ २०८०, ०७ : १०

 काठमाडौँ  - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्।

सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष अवधिका लागि उपाध्यायलाई सीईओमा नियुक्त गरेको हो। सिराहा जिल्लाको सिराहा नगरपालिका–१ स्थायी घर भई हाल काठमाण्डौको नयाँबानेश्वरमा बसोबास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै सीईओसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन्। 

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।

धनकुटाको धनकुटा बजारमा केन्द्रीय कार्यालय र मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलालचौकमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लामा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ।

विहीबार, ०४ जेठ २०८०, ०७ : १०

प्रतिक्रिया