सूर्य ज्योति लाइफ इन्सुरेन्सले आज साधारण सभा गर्दै

विहीबार, ०४ जेठ २०८०, ०८ : ०७

काठमाडौं - सूर्य ज्योति लाइफ इन्सुरेन्सको आज बिहीबार जेठ ४ गते साधारण सभा बस्दैछ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको भने हात रित्तो बनाउने भएको छ । किनभने लाभांश वितरण सम्बन्धी कुनै पनि एजेन्डा छैन । 

सभामा संस्थापकबाट ३ र सर्वसाधरणबाट ३ जना सञ्चालक चयन गर्ने प्रस्ताव छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०८६–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

आर्थिक वर्ष २०७९–७० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ बुक क्लोज गरिसकेको छ । वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

विहीबार, ०४ जेठ २०८०, ०८ : ०७

प्रतिक्रिया