राष्ट्रिय बिमा कम्पनीले जेठ ३१ गते साधारण सभा गर्दै

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ३७

काठमाडौं - राष्ट्रिय बिमा कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा छ ।

 यो पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । 

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ ।  जेठ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ३७

प्रतिक्रिया