ग्लोबल आइएमई लघुवित्तद्धारा हितग्राही खातामा बोनस शेयर  जम्मा

शुक्रबार, ०५ जेठ २०८०, ११ : ०५

काठमाडौं-  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

गत फागुन १५ गतेसम्म कम्पनीको शेयर अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात सो मितिमा कायम रहेका शेयरधनीहरुको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

शुक्रबार, ०५ जेठ २०८०, ११ : ०५

प्रतिक्रिया