सन्राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

शुक्रबार, ०५ जेठ २०८०, १४ : १४

काठमाडौँ - संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सन्राइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर ९ध्बतभच उगचषष्भच० प्रदान गरेको छ । जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युुरिफायर  बंैकका नायब महाप्रबन्धक श्री रबिन कुमार नेपालज्यूले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष श्री विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख श्री लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो  । 

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पु¥याउने क्याम्पसको अध्यक्ष श्री विष्णुु प्रसाद सापकोटाले बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने  बताएको छ । यसै हप्ता सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।

शुक्रबार, ०५ जेठ २०८०, १४ : १४

प्रतिक्रिया