सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा बीमितहरुलाई ३५ दिने सूचना जारी

आइतबार, ०७ जेठ २०८०, १३ : १०

काठमाडौं-  सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले सम्बन्धी बीमितहरुलाई ३५ दिने सूचना जारी गरेको छ ।

 कम्पनीले जारी गरिएको बीमालेखमा दाबी गरी भुक्तानी हुन बांकी रहेका बीमितहरुलाई आवशयक कागजात संकलन गरी कम्पनीमा बुझाउन भनेको हो ।

कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल ईन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई सूचनामार्फत आवश्यक काजगातहरु बुझाउन भनेको हो ।

कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाएका कागजातहरु सूचना जारी भएको मितिबाट ३५ दिन भित्र आफुले बीमा गरेका कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क राखि बुझाउन बांकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गर्न समेत कम्पनीले अनुरोध गरेको छ । तोकिएको समय सम्म पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलीमा जाने कम्पनीले जनाएको छ ।

 

आइतबार, ०७ जेठ २०८०, १३ : १०

प्रतिक्रिया