जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा राय नियुक्त

आइतबार, ०७ जेठ २०८०, १४ : ११

काठमाडौँ-  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिल कुमार राय नियुक्त भएका छन् । 

कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गते आज आइतबारदेखि लागू हुनेगरी संस्थाको सिइओमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं ४ निवासी रायलाई नियुक्त गरेको हो । 

रायलाई आगामी ४ वर्ष कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । साथै सोही मितिदेखि नै लागू हुनेगरी रायलाई संस्थाको कम्पनी सचिवको जिम्मेवारी समेत दिएको जनाएको छ ।

 

आइतबार, ०७ जेठ २०८०, १४ : ११

प्रतिक्रिया