सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

सोमबार, ०८ जेठ २०८०, १४ : ५७

काठमाडौँ - सानिमा बैंक लिमिटेडले मिति २०८० जेष्ठ ८ गते लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर -७ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठज्यू र श्री हरिवंश आचार्यज्यू (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यज्यूले संयुक्त रुपमा गर्नुभयो । 

समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । 
सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 
 

सोमबार, ०८ जेठ २०८०, १४ : ५७

प्रतिक्रिया