काठमाडौं- नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ ।
दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशत घटाउन सफल भएको छ।जीवन कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १७ कम्पनीमध्ये ७ जीवन बीमा कम्पनीले दाबी भुक्तानी बर्ष घटाएको छ। बीमा प्राधिकरणले कम्पनीहरुलाई छिटो र छरिटो रुपमा दाबी भुक्तानी गराउन र उजुरी शाखामा आएको दाबी भुक्तानीलाई केन्द्रमा राखेर काम गरिरहेको छ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल ४ अर्व ६२ करोड रुपैयाँ बीमा दावी भुक्तानी गर्न बाकि रहेको छ । १७ जिवन बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो तैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीहरुले भुक्तानी गनुपर्ने दावी रकम ४१ दशमलव ७९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीहरुको भुक्तानी गर्नुपर्ने दाबी रकम ३ अर्ब २६ करोड रहेको थियो ।
प्रतिक्रिया