कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा

बुधबार, १० जेठ २०८०, १० : १३

काठमाडौँ- कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

अब उक्त शेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ ।

बुधबार, १० जेठ २०८०, १० : १३

प्रतिक्रिया