नेपाल इन्भेष्टमेन्ट मेगाबैंकद्धारा जारी अत्यन्तै जरुरी सुचना

बुधबार, १० जेठ २०८०, १२ : १३

काठमाडौं-  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सम्पूर्ण संस्थापक शेयरधनी लगायत सदस्य दलाल (ब्रोकर) कम्पनीहरुलाई एक सूचना जारी गरेको छ ।

बैंकले साविकको नेपाल इन्भेष्टमेन्ट र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् गत पुष २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा एकीकृत कारोबार गरेको सूचित गराएको छ । साथै सोही सम्बन्धमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर सरल प्रक्रियाबाट अर्थात नेप्सेमा कारोबार हुने शेयर अन्तर्गत (फ्रीली ट्रेडेबल शेयर) र कारोबार गर्नका लागि संचालक समितिको निर्णय आवश्यक रहने (फ्रीली नन–ट्रेडेबल शेयर) गरी दुई प्रकारको संस्थापक शेयर रहेको हुनाले मर्जरपश्चात् यकिन गरी मात्र कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

दुई प्रकारको संस्थापक शेयर रहेको हुनाले मर्जरपश्चात दोस्रो बजारमार्फत संस्थापक शेयर (एनआईएमबीपीओ) बिक्री गर्दा बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलमा सम्पर्क वा यकिन गरेर मात्रै कारोबार गर्न संस्थापक शेयरधनी वा ब्रोकर कम्पनीलाई बैंकले सूचित गराएको छ ।

साथै फ्रीली नन–ट्रेडेबल शेयरको रुपमा कसैले कारोबार गरेमा उक्त शेयर कारोबार रद्ध हुने र जरिवाना समेत लाग्ने बैंकले जनाएको छ ।

बुधबार, १० जेठ २०८०, १२ : १३

प्रतिक्रिया