सनराइज क्यापिटलद्धारा  हितग्राही खाताको वार्षिक नविकरण गर्न आग्रह

बुधबार, १० जेठ २०८०, १२ : २२

काठमाडौैं-  सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

सनराइज क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यसका साथै, क्यापिटलका अनुसार आफुलाई पायक पर्ने सनराइज बैंकको नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।

बुधबार, १० जेठ २०८०, १२ : २२

प्रतिक्रिया