नेष्डो समृद्ध लघुवित्तको बढ्यो  शेयरमूल्य

बुधबार, १० जेठ २०८०, १२ : २५

काठमाडौं-  साताको चौथो दिन शेयरबजारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब सय रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयरमूल्य ४.४४ प्रतिशत अर्थात् ९१ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य २१५० रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांशलाई संशोधन गरिदिएपछि लघुवित्तले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएको थियो । लघुवित्तले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागलाई प्रतिवादी बनाएर मुद्धा दर्ता गरेको थियो । उक्त मुद्धामा सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायधीस सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेपछि संस्थाको प्रस्तावित लाभांश परिमार्जन नहुन सक्ने अनुमानले आज शेयरबजारमा संस्थाको शेयरमूल्य बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार विभिन्न कोषहरुमा रकम छुट्याउँदा समेत लाभांश बाड्न नपाउँदा मुद्धा दर्ता गरेको लुघवित्तका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईले बताए ।

नेपाल राष्ट्र बैंकले फागुन १० गतेभन्दा अगाडी साधारण सभाको लागि स्वीकृति प्राप्त नगरेका सबै लुघवित्तको लाभांश संशोधन गराएर १५ प्रतिशत मात्रै लाभांश दिन स्वीकृति दिएको थियो तर नेष्डो समृद्ध लघुवित्तलाई भने राष्ट्र बैंकले १७।९३ प्रतिशत लाभांश दिन स्वीकृति दिएको थियो ।

लघुवित्तका प्रबन्ध संचालक प्रसाईका अनुसार वैशाख ४ गते गरेको राष्ट्र बैंकको नेष्डोको लाभांश सम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालिन आदेश जारी भएको छ ।

बुधबार, १० जेठ २०८०, १२ : २५

प्रतिक्रिया