नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण स्वीकृत

बुधबार, १० जेठ २०८०, १२ : २८

काठमाडौं-  नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र अन्य एजेण्डाहरु राखेको छ। तर हकप्रद शेयरको बिषयमा भने अर्थमन्त्रालय र नेपाल सरकारको निर्णय पश्चात् मात्रै यो बिषय अघि बढ्छ । कम्पनीमा सरकारको ४४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालयसँग छलफल गरेर सहमत गरे मात्रै हकप्रद शेयर निष्काशन गर्न पाईन्छ । अन्यथा, कम्पनीको संचालकको मात्रै निर्णयले भने यो बिषय अघि बढ्दैन । आम लगानीकर्तामा कम्पनीले हकप्रद शेयर जारी गर्छ भन्ने धारणा रहेको छ।

कम्पनीमा कस्को शेयर कति छ रु

नेपाल पुनर्बीमा कम्पनीमा ४४ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ।त्यस्तै, बीमा कम्पनीहरुको र गृहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको ०.३६ प्रतिशत शेयर, ग्लोबल आइएमई क्यापिटलको ०.६० प्रतिशत, ग्लोबल आइएमई बैंकको ०.६० प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ०.९६ प्रतिश, आइएमई लिमिटेडको १.२० प्रतिशत, विशाल गुप्रको ३।०२ प्रतिशत, ज्ञान सेकुरीटिजको ०.७१ प्रतिशत, र सर्वसाधारणको १६ प्रतिशत शेयर रहेको छ।

बुधबार, १० जेठ २०८०, १२ : २८

प्रतिक्रिया