अजोड इन्स्योरेन्सको  शेयर संरचना परिवर्तन

बुधबार, १० जेठ २०८०, १३ : ०१

काठमाडौं-  अजोड इन्स्योरेन्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

कम्पनीको हालसम्म सूचीकृत कुल एक करोड कित्ता शेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा नेप्सेले कम्पनीको पत्रानुसार हाल ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ५१ः४९ अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १९ लाख कित्ता शेयर जेठ १० गतेको निर्णयअनुसार सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको छ ।

बुधबार, १० जेठ २०८०, १३ : ०१

प्रतिक्रिया