बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाउदैँ जीवन बीमा कम्पनीहरु

विहीबार, ११ जेठ २०८०, ०९ : ४३

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् ।

 गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ ।

चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा कम्पनीहरुले कुल ५ करोड २० लाख ३६ हजार रुपैयाँ स्वास्थ्य परिक्षण शुल्कमा खर्च गरेका छन् । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले यस्तो सेवामा ८ करोड ६५ लाख ११ हजार रुपैयाँ खर्चिएका थिए । सो अवधिसम्म सबै जीवन बीमा कम्पनीको स्वास्थ्य परिक्षण शुल्क घटेको देखिएको छ ।

गत वर्षको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी स्वास्थय परिक्षण शुल्क घटाउने कम्पनीमा सिटिजन लाइफ रहेको छ । सिटिजको यस्तो शुल्क ६४.२७ प्रतिशतले घटाएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ६४.०४ प्रतिशत, सुर्यज्योति लाइफको ६३.३८ प्रतिशत, एशियन लाइफको ५८.५६ प्रतिशतले घटेको दे्खिएको छ ।

त्यस्तै युनियन, सन नेपाल, आइएमई र महालक्ष्मीको ५० प्रतिशत भन्दा बढीले घटेको छ, भने गुराँस, प्रभु, राष्ट्रिय बीमा संस्थान र प्राइम लाइफको ३० प्रतिशत भन्दा बढीले स्वास्थ्य परिक्षण शुल्क घटेको छ । त्यस्ते, एलआइसी नेपाल, रिलायबल नेपाल, नेशनल, नेपाल र मेट लाइफको भने अन्य कम्पनीको तुलनामा कमले मात्रै घटेको छ ।

विहीबार, ११ जेठ २०८०, ०९ : ४३

प्रतिक्रिया