दीपेश पुन भूमिगत / पूर्व उपराष्ट्रपति तनावमा

१० महिना अगाडि

काठमाडौं – अखिल(क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह क्युवाको राजधानी हवानामा छिन । त्यहाँको स्वतन्त्रता दिवसमा भाग लिन गएकी पञ्चासँगै दिपेश पनि क्युवा जाने तयारीमा थिए । उनको भिसा पनि लागिसकेको थियो । तर यता नक्कली भूटानी शरणार्थीको मुद्धामा उनका पार्टनर बादलपुत्र प्रतिक थापाको नाममा वारेन्ट जारी भएपछि उनी क्युवा जान हच्किए । अखिल(क्रान्तिकारी) सम्बद्ध स्रोतका अनुसार उनी संगठनमा नामुद विचौलियाको रुपमा चिनिन्छन् । उनलाई ढुंगा, गिट्टी, बालुवा देख्नै हुन्न । उनी अहिले गोंगवुतिर लुकीछिपी बसेका छन् । उनी आफ्ना साझेदार प्रतिकसँगै डिस्को जाने ,रमाइलो गर्ने गर्थे । प्रतिक पक्राउ पर्ने बित्तिकै दीपेश पनि पक्राउ पर्ने डरले उनी भुमिगत भएको बताइन्छ । 
एक विश्वस्त सूत्रका अनुसार पूर्व उप राष्टपति नन्द बहादुर पुनले छोरालाई बचाउन बालुवाटारमा निकै दबाब बढाएका छन् । यसैबीच एक फरक प्रसंगमा कालु पाँडे चौक घुम्न गएका मानिसहरु पूर्व उपराष्टपतिको घर देखेर जिब्रो टोक्ने गर्छन भनेर अखिल(क्रान्तिकारी) का एक केन्द्रीय सदस्यले आजको अर्थलाई बताएका छन् । माओवादी जनयुद्धको ठूलै उपलब्धी भएछ भनेर उनले व्यंव्य पनि गरे ।  

१० महिना अगाडि

प्रतिक्रिया