प्रभु लाइफ इन्सुरेन्सले आफ्नो वार्षिक साधारण सभा जेठ २६ गते गर्ने

११ महिना अगाडि

काठमाडौं - प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७–७८ को वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । 

यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेश हुनेछ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । 

गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ । साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले आज जेठ १२ गते बुक क्लोज गर्दैछ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

११ महिना अगाडि

प्रतिक्रिया