‘आईएमई पे’ को नयाँ खेल अफर : रु. १ को खेलमा सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका

१० महिना अगाडि

काठमाडौं - ‘आईएमई पे’ ले ‘रु. १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

यस अफरमा ‘आईएमई पे’ का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।


प्रयोगकर्ताहरुले यो खेल ‘आईएमई पे’ एपको होमपेजमा ‘रु. १ मा के’ ब्यानरमा गएर खेल्न सक्नेछन् । १० जेठदेखि सुरू भएको यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रूपैयाँ तिरी उक्त खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा ‘आईएमई पे’ को सामाजिक सञ्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

१० महिना अगाडि

प्रतिक्रिया