रिलायबल नेपालद्धारा वार्षिक साधारण सभा आह्वान

शुक्रबार, १२ जेठ २०८०, १२ : ४३

काठमाडौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ११ गते बिहीबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार १ गते लिसारा व्यांकेट, ज्ञानेश्वर, काठमाडौमा आयोजना गर्ने भएको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले कम्पनीको छैठौैं वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्शान हिसाव, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको अनुसुचि (एनएफआरएस अनुसारका वित्तीय विवरणहरु समेत) पारित गर्ने छ ।

कम्पनी ऐन २०६३ को दफा (१११) अनुसार आर्थिक वर्ष २०७९।८० को लागि लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्ने कम्पनीले  जनाएको छ ।

शुक्रबार, १२ जेठ २०८०, १२ : ४३

प्रतिक्रिया