लुम्बिनी विकास बैंकको १० लाख इकाई ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

मंगलबार, १६ जेठ २०८०, ०८ : ०१

काठमाडौं  - लुम्बिनी विकास बैंकले आज मंगलबार जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६०% अर्थात् ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लुम्बिनीले १० वर्ष अवधिको ‘११% एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । 

यसमा वार्षिक ११% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ । 

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

मंगलबार, १६ जेठ २०८०, ०८ : ०१

प्रतिक्रिया