काठमाडौं- सरकारले बजेटमार्फत बीमाको नियमन अझै प्रभावकारी बनाइने भएको छ ।
सरकारले आज संसदमार्फत घोषणा गरेको आव २०८०।८१ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा प्राधिकरणमार्फत बीमा क्षेत्रको नियमन अझै प्रभावकारी बनाइने घोषणा गरेका छन् ।
सरकारले बीमाको पहुँच बृद्धिको लागि काम गर्ने नीति लिएको बजेट बक्तव्यमा उल्लेख छ । त्यस्तै, बीमाको दावी भुक्तानीलाई तीव्रता सरल बनाइने कुरा बजेटमा उल्लेख छ । त्यस्तै, ग्रामिण क्षेत्रको बीमा कम्पनीका शाखा स्थापनाको लागि प्रोत्साहन गरिनेछ ।
प्रतिक्रिया